कांग्रेस दोलखाको क्षेत्रीय अधिवेशन विवादमा, केन्द्रीय निर्वाचन समितिमा उजुरी
ratopati.com · Fri Oct 02 11:11:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखा जिल्लाको क्षेत्रीय अधिवेशन विवादमा परेको छ। उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारलाई समेत निर्विरोध निर्वाचित भएको घोषणा गरिएको भन्दै उम्मेदवारहरूले शुक्रबार केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका छन्।
उम्मेदवारी फिर्ता वा सर्वसम्मतिका लागि आफूहरूले कुनै मञ्जुरी नदिएको अवस्थामा उम्मेदवारी कायम रहेकै बेला निर्वाचन प्रक्रिया पूरा नगरी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उनीहरूको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)