सिरहामा इभीलाई टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते
bishowkhabar.com · Fri Oct 02 11:12:31 GMT 2026

काठमाडौं – सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मप्र ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको मप्र ०३–००२ ख ३९९६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)