न्यायको कसीमा निरपेक्ष दायित्व
nepalnews.com · Fri Oct 02 11:15:07 GMT 2026

फौजदारी न्याय प्रणालीले क्रिया र मनसायलाई अपराधका मुख्य तत्वका रूपमा लिएको छ। भनिन्छ, ‘मनसाय’बिनाको कार्यले मात्र कसैलाई अपराधी बनाउँदैन। लागूऔषधजस्ता ‘कब्जादायक’ अपराधमा क्रिया आफैँ आपराधिक तत्वका रूपमा मानिए पनि अन्य प्रकृतिका कसुरमा क्रिया र मनसाय दुवैको उपस्थितिलाई अपराधको अनिवार्य सर्तका रूपमा लिइन्छ।
यस सन्दर्भमा प्रचलित ल्याटिन कानुनी सूत्र ‘एक्टस नन फेसिट रियम निसी मेन्स सिट रिया’ अर्थात् ‘दोषी मनसाय नभएसम्म कार्य मात्रले कसैलाई दोषी बनाउँदैन’ भन्ने मान्यता छ। यसको अर्थ मनसाय नभएको कार्य कहिल्यै अपराध हुँदैन भन्ने होइन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)