चाडपर्व सुरक्षा योजना प्रविधिमैत्री बनाएका छौँ : एसएसपी घिमिरे
ratopati.com · Fri Oct 02 11:17:49 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दसैँ, तिहार र छठको सुरक्षा योजना प्रविधिमैत्री बनाएको बताएका छन् । शुक्रबार चाडपर्व सुरक्षा योजना सार्वजनिक गर्दै एसएसपी घिमिरेले भने, ‘प्रविधिमैत्री सुरक्षा योजना बनाएका छौँ ।’
काठमाडौँमा विगतमा चाडपर्वमा धेरै घटना हुने ठाउँहरू पहिचान गरेर अझै परिष्कृत योजना बनाएको उनले बताए । दसैँ र तिहार जस्ता पर्वमा सवारी दुर्घटना पनि धेरै हुने जोखिम मूल्याङ्कन गरेर त्यसलाई न्यूनीकरण गर्ने गरी सुरक्षा योजना लागू गरिएको उनले बताए । काठमाडौँमा चोरी, लुट र गुण्डागर्दीलाई प्रहरीले मुख्य सुरक्षा चुनौती मानेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)