निर्वाचनमा बालबालिका प्रयोग नगर्ने जुम्लाका दलको प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Fri Oct 02 11:13:57 GMT 2026

जुम्लाका राजनीतिक दलहरूले आगामी निर्वाचनमा बालबालिकालाई प्रचारप्रसार, सभा, जुलुस तथा अन्य राजनीतिक गतिविधिमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। बालबालिकाको अधिकार संरक्षणका लागि दलहरू जिम्मेवार बन्नुपर्ने भन्दै दलका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन्।
बाल अधिकारका लागि साझा अभियान, कर्णाली प्रदेशमा आबद्ध ४० सामाजिक संघसंस्थाको आयोजनामा भएको निर्वाचन आचारसंहिता तथा बाल अधिकार संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागी दलका प्रतिनिधिले बालबालिकालाई निर्वाचन गतिविधिबाट टाढा राख्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)