रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग, अर्थसचिवलाई हस्तान्तरण
ajakoartha.com · Fri Oct 02 11:14:00 GMT 2026

काठमाडौं- रसुवामा आएको बाढी तथा विपद्बबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
एशोसिएसनले संकलन गरेको उक्त सहयोग रकमको चेक अर्थसचिव घनश्याम उपाध्याय समक्ष हस्तान्तरण गरिएको हो । एशोसिएसनका अध्यक्ष कामेश्वर प्रसाद सिंहको नेतृत्वमा गएको टोलीले अर्थसचिव उपाध्यायलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)