तिहारको व्यापारमा छैन उत्साह
nayapatrikadaily.com · Thu Nov 09 00:31:00 GMT 2023
तिहार आउन केही दिन मात्र बाँकी भए पनि सर्वाधिक खपत हुने भाइमसला, झिलिमिली बत्तीदेखि फूलमालाको व्यापारमा उत्साह देखिएको छैन । आर्थिक मन्दीको प्रभावले विगतका वर्षको तुलनामा व्यापार करिब ४० प्रतिशतले घटेको व्यवसायीहरू बताउँछन् ।
तिहारमा प्रयोग हुने भाइमसला, विद्युतीय झिलिमिली वत्तीलगायतका व्यवसायमा उत्साह नदेखिएको राष्ट्रिय व्यापार–व्यवयासी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । उनले भने, ‘यो समयमा तिहारलक्षित वस्तुको व्यापार साबिकभन्दा बढ्नुपर्ने हो, तर विगत वर्षहरूको तुलनामा करिब ४० प्रतिशतले घटेको छ ।’ उनका अनुसार मन्दीको कारण विगतमा जस्तो माग नभएको हुँदा थोक व्यापारीले तिहारलक्षित सामग्री नै कम आयात गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)