मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शान्ति प्रक्रिया प्राथमिकतामा परेको भ्रमण

gorkhapatraonline.com · Tue Oct 31 06:38:30 GMT 2023

काठमाडौँ, कात्तिक १४ गते । तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल कार्य पूरा भए पनि द्वन्द्वकालीन मुद्दा १७ वर्ष पुग्दासमेत टुङ्गो लाग्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो तेस्रो कार्यकाल नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन लागिपर्नुभएको छ । प्रधानमन्त्रीकै निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयलाई शीर्ष नेतृत्वसँगको भेटघाट र औपचारिक कार्यक्रममा समेत उच्च प्राथमिकतामा दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)