नेपाल भ्रमणको अन्तिम खेलमा क्यान ११ सँग भुटान पराजित
annapurnapost.com · Fri Oct 02 12:02:59 GMT 2026
काठमाडौं : आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपाल आएको भुटान अन्तिम खेलमा क्यान ११ सँग १०४ रनले पराजित भएको छ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको क्यान ११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। क्यान ११ ले दिएको १७७ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.३ ओभरम ७२ रन बनाउँदै अलआउट भयो। भुटानका लागि सोनम चोपेल, ताशी फुन्सो र आनन्द मोंगरले समान १५/१५ रन बनाए। ओपनर नाम्गे थिन्लेले १३ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)