विपद्मा निजी क्षेत्रको सहकार्यको सरकारले सराहना गरेको भन्दै चेम्बरद्वारा आभार
baahrakhari.com · Fri Oct 02 12:09:43 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रबाट विपद् व्यवस्थापनमा गरेको सहयोगबाट प्राप्त उपलब्धिको सराहना गरिएको भन्दै चेम्बरले आभार व्यक्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्को समयमा महत्त्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारको तर्फबाट सम्मान गरिने जानकारी दिएसँगै यसबाट निजी क्षेत्रले प्रोत्साहित भएको महशुस गरेको चेम्बरले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)