साफ यू–२० च्याम्पियनसिपमा भारतको पहिलो जित
annapurnapost.com · Sat Jul 30 01:03:00 GMT 2022
काठमाडौं : साफ यू–२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ। श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
शुक्रबार भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले १ गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १–१ गोल गरे। खेल अवधिभर एकतर्फी दबाब बनाएको भारतले श्रीलंकाविरुद्ध निरन्तर आक्रमण बुनेको थियो। काउन्टर अट्याकमा केही अवसर सिर्जना गरे पनि श्रीलंकाले गोल गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)