भैँसी बेचेर ३५ लाखको जग्गा
gorkhapatraonline.com · Fri Oct 02 12:19:22 GMT 2026

दाङ देउखुरीको गढवा गाउँपालिका–५, चैनपुर निवासी सलीम खानले भैँसी पालनसँगै व्यापार गर्न थालेको तीन दशक बढी पुग्यो । गाउँघरमा भैंसी खरिद गरी रोल्पा, प्युठान, अर्घाखाँचीदेखि गुल्मीसम्म पु र्याएर बेच्दै आउनुभएका खानले भैँसी व्यापारबाट गाउँमा एक बिगाहभन्दा बढी जग्गा जोड्न सफल हुनुभएको छ ।
यादव समुदायको बसोबास बढी भएको देउखुरीमा भैँसी प्रशस्त पाइन्छन् । त्यहीँबाट खरिद गरेर खानले दाङका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला प्युठान, रोल्पा, अर्घाखाँचीसँगै गुल्मीसम्म भैँसी बिक्रीका लागि पु र्याउने गरेको बताउनुहुन्छ । तीन दशकको व्यापारबाट छोरालाई पढाउने लेखाउनेसँगै घरखर्च चलाएर बचेको पैसाबाट करिब एक विगाह जग्गा जोड्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)