एनआईसी एसिया बैंकले नेपालमा ल्यायो ‘एप्पल पे’ र ‘गुगल पे’ भुक्तानी सेवा
kendrabindu.com · Fri Oct 02 12:27:45 GMT 2026

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ । यस सेवासँगै बैंकको ईकमर्स पेमेन्ट गेटवे प्रणालीमा जोडिएका व्यावसायिक ग्राहकहरूले अब विश्वभरका विदेशी नागरिकहरूबाट सिधै डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकको ‘साइबरसोर्स पेमेन्ट गेटवे’ मा आबद्ध भइसकेका तथा भविष्यमा आबद्ध हुन चाहने जुनसुकै ईकमर्स व्यवसायीहरूले यो सेवा उपयोग गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत एप्पल पे र गुगल पे वालेटमा जोडिएका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताले बिनाकुनै झन्झट आफ्नो मोबाइल डिभाइसमार्फत नै सुरक्षित रूपमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)