मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियामा चुलियो आवास संकट : घरभाडा छोइनसक्नु, विद्यार्थी र आप्रवासी सबैभन्दा मारमा

onlinekhabar.com · Fri Oct 02 12:20:33 GMT 2026

१६ असोज, सिड्नी । अस्ट्रेलियामा घरभाडा दर अत्यधिक महँगिनुका साथै उपलब्धता न्यून हुँदा आवास संकट गहिरिएको छ। सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडजस्ता प्रमुख सहरहरूमा उपयुक्त मूल्यमा कोठा वा अपार्टमेन्ट पाउन मुस्किल हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा न्यून र मध्यम आय भएका परिवारहरू चरम आर्थिक दबाबमा परेका छन्।

कमनवेल्थ बैंकको सेप्टेम्बर २०२६ को पछिल्लो विश्लेषणअनुसार देशभर राष्ट्रिय भाडा रिक्तता दर (भ्याकेन्सी रेट) १.८ प्रतिशतमा खुम्चिएको छ। सन् २०१५ देखि २०१९ को अवधिमा यस्तो दर औसत २.८ प्रतिशत थियो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)