मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले मानवअधिकार प्रवर्धनका लागि छुट्याएको लाखौं डलर उग्रदक्षिणपन्थी मुद्दाहरूमा परिचालन

clickmandu.com · Fri Oct 02 12:27:11 GMT 2026

एजेन्सी । अमेरिकाको विदेश मन्त्रालयले मूल रूपमा मानवअधिकारको प्रवर्धनका लागि विनियोजन गरिएको लाखौं डलरलाई दक्षिण अफ्रिकामा अफ्रिकानर (श्वेत समुदाय) को अधिकार, ‘पश्चिमी सभ्यताका मूल्यमान्यताहरू’ को संरक्षण र युरोपमा व्यापक आप्रवासनसँग सम्बन्धित ‘ह्रास’ लाई दस्तावेजीकरण गर्नेसहितका उग्रदक्षिणपन्थी मुद्दाहरूको प्रवर्धनका लागि निर्देशित गरेको यस विषयबारे जानकार एक स्रोतले सीएनएनलाई बताएको छ ।

स्रोतका अनुसार, सिनेटको वैदेशिक सम्बन्ध समितिका शीर्ष डेमोक्रेट सदस्यको चिन्ता र रोकका बावजुद करिब १७ करोड ७० लाख डलरको ‘डेमोक्रेसी फन्ड’ बाट यो रकम स्वीकृत गरिएको थियो । आर्थिक वर्षको अन्तिम दिन बुधबार यस रकमको म्याद समाप्त हुने अवस्थामा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)