हाम्रो पासपोर्ट किन कमजोर ?
annapurnapost.com · Fri Jul 22 00:55:00 GMT 2022
काठमाडौं : मुलुकको पासपोर्ट विश्व वरीयतामा निकै कमजोर देखिएको छ। संसारभरिका पासपोर्टहरूको एक सर्वेक्षणले नेपाली पासपोर्ट पुछारतिर अर्थात् १०६औं स्थानमा देखाएको छ। जबकी उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा एक स्थान माथि छ।
बेलायती कम्पनी हेन्लिले सार्वजनिक गरेको अध्ययन (पासपोर्ट इन्डेक्स, २०२२) मा विश्वका ११२ वटा मुलुकको वरीयता निर्धारण गरिएको हो। जसअनुसार नेपालको विश्वव्यापी वरीयता (ग्लोबल ¥याङ्किङ) सूचीमा पुछारतिर परेको छ। यसले परिवर्तित र प्रतिस्पर्धात्मक विश्व परिवेशमा परराष्ट्र सम्बन्ध सञ्चालन र व्यवस्थापन गर्न असहज हुने परराष्ट्र मामिला विज्ञहरू बताउँछन्। अनअराइभल भिसा दिने आधारमा सूची तयार पारेको हेन्लि पासपोर्ट इन्डेक्समा जनाइएको छ। इन्डेक्सअनुसार, पहिलो नम्बरमा जापान छ। जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमा भन्छन्, ‘स्थिर सरकार, बलियो अर्थ व्यवस्था र कानुनी शासन कायम भएका कारण नै जापान वरीयताको पहिलो नम्बरमा पर्न सफल भएको हुन सक्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)