तनहुँका सात पालिकामध्ये एमाले ४, कांग्रेस २ र माओवादी १ तहमा निर्वाचित
baahrakhari.com · Tue May 17 18:56:00 GMT 2022
काठमाडौं । तनहुँका १० वटा स्थानीय तहमध्ये सातवटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हालसम्मको परिणामअनुसार चारवटा पालिकामा नेकपा (एमाले)ले जितेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले १/१ पालिका जितेका छन् । तीनवटा पालिकामा मत गणना भइरहेको छ भने एक नगरपालिकामा जेठ ४ गते पुनः निर्वाचन हुँदै छ ।
हालसम्मको अन्तिम मतपरिणामअनुसार एमालेले भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको छ । नेपाली कांग्रेसले ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिका निर्वाचित भएको छ भने माओवादी केन्द्रले आँबुखैरनी गाउँपालिकामा विजयी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)