आईपीयू महासभामा नेपालको मुद्दा उठाउँछु: सभामुख अर्याल
nepalnews.com · Fri Oct 02 12:43:43 GMT 2026

काठमाडौं। सभामुख डीपी अर्यालले आफू विदेश भ्रमणका लागि संसद् अधिवेशन अन्त्य गरेको भन्ने आरोपको खण्डन गरेका छन्। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेका उनले भ्रमणको उद्देश्य घुमघाम नभई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउनु रहेको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्यालले भने, ‘संसारभरिका कानून निर्माताहरूको सम्मेलन भएकाले यसको गरिमा र महत्त्व धेरै छ। मेरो लागि यो पहिलो भ्रमण हो।’ संसद्को काम कारबाही रोकेर भ्रमणमा निस्किएको भनी आएका टिप्पणीहरूप्रति उनले व्यंग्यात्मक शैलीमा धन्यवाद दिँदै आफ्नो धारणा राख्ने अवसर मिलेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)