मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एक्लो जीवन महिलाका लागि अति कष्टकर हुन्छ : करिश्मा

ratopati.com · Sat Jul 08 05:59:00 GMT 2023

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता पछिल्लो समय एकदमै बढेको छ । त्यसको कारण हो फिल्म ‘बगान’ । त्यही फिल्मको प्रचार प्रसारमा सबै काम छोडेर उनी लागिपरेकी छन् ।

‘बगान’ असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यसअघि सानोतिनो भूमिकामा देखिँदै आएकी उनी करिब १० वर्षपछि यो फिल्ममार्फत मुख्य भूमिकामा देखिँदै छिन् । यसअघि उनको मुख्य भूमिका रहेको ‘वान वे’ आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)