मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधिका लागि नेपाल पुलिस र सभापोखरी खेल्ने
ratopati.com · Fri Oct 02 12:52:43 GMT 2026
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल, क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवलको बीआइसीसी सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)