रवि–बालेनबीच सातबुँदे सहमति, राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् एकता घोषणा
barnanmedia.com · Sat Dec 27 23:19:53 GMT 2025

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच बृहत् राजनीतिक एकतासम्बन्धी सातबुँदे सहमति भएको छ। सहमतिसँगै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले अघि सारेको आन्दोलनलाई संस्थागत गर्दै वैकल्पिक राजनीतिको साझा मार्गचित्र अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
सहमति अनुसार आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गरिनेछ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने लक्ष्यसहित इमानदार कार्यान्वयनमा दुवै पक्ष समर्पित रहने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)