मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दैलेखमा जेठ १३ देखि पोलियोविरूद्धको खोप अभियान

rajdhanidaily.com · Tue May 21 23:33:45 UTC 2024

दैलेखमा यही जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान संचालन हुन लागेको हो ।

जिल्लाका११वटा स्थानिय तहमा करिब चौध हजार तीस सय बालबालिकाहरूलाई आईपीभी खोप लगाईने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दैलेखमा आईपीभी खोप अभियान संचालन हुँने उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)