राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
reportersnepal.com · Fri Oct 02 13:35:37 GMT 2026

काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिकालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा समेत उहाँहरूलाई सम्मानपूर्वक सहभागी गराइएको थियो । संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा तीनैजना अग्रज कलाकार तथा सभापति उत्तम केसीले संयुक्त रूपमा दीप प्रज्वलन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)