मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

ekantipur.com · Tue May 21 23:49:55 UTC 2024

काठमाडौँ — मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ ।

प्लेअफको पहिलो क्वालिफायरमा दुई पल्टको च्याम्पियन कोलकाताले पहिले ब्याटिङ गरेको हैदराबादलाई १ सय ५९ रनमा समेटेको थियो । हैदराबादको टिम १९.३ ओभरमा अलआउट भएको हो । राहुल त्रिपाठीको ५५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)