अन्नपूर्ण माइस्थान गुठीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना
ratopati.com · Fri Oct 02 13:59:24 GMT 2026

काठमाडौँ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१६, नर्सरीचोकस्थित अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यक्तिगत संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलद्वारा शुक्रबार जारी सूचनामा नक्सा सिट नं. १०२–१०२३–०६ को कित्ता नं. ३६ मा रहेको ३१९.८० वर्गमिटर र नक्सा सिट नं. १०२–१०२३–११ को कित्ता नं. १६ मा रहेको ५२.८० वर्गमिटर जग्गाको श्रेस्तामा असन अन्नपूर्ण माइस्थान गुठी उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)