डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पाण्डे मनोनित
gorkhapatraonline.com · Fri Oct 02 13:56:20 GMT 2026

समाजसेवी तथा खेलाडि त्रैलोक्यनाथ पाण्डे डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रोजिना तण्डुकारका अनुसार पाण्डेलाई तीन (३) वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको हो ।
तण्डुकारद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, डडेल्धुरा अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) को व्यवस्था बमोजिम २०८३ असोज १५ गतेको मन्त्रीस्तरको निर्णयअनुसार उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)