विश्व चिया दिवस : नेपालमा मौलाउँदो चिया संस्कृति
gorkhapatraonline.com · Wed May 22 00:09:11 UTC 2024

काठमाडौँ, जेठ ९ गते । प्रत्येक बिहानीको सुरुवात चिया पिएरै गर्ने धेरै छन् । बिहान उठेर नित्य कर्म सकिएपछि प्रायः सबैले सम्झने भनेको चिया नै हो । घर आएका पाहुनाको सत्कारदेखि शल्यक्रियापछि बिमारीलाई खुवाइने पहिलो धुटका रूपमा कालो चिया कै प्रयोग हुन्छ ।
सडक पेटीदेखि ससाना होटल हुँदै पाँचतारे होटलको मेन्युमा चियाले उत्तिकै स्थान पाएको छ । साथीभाइ भेट्दा होस् वा दुःख र थकान मेट्न होस् चियाकै साहरा लिनेहरू कैयौँ भेटिन्छन् । भलाकुसारीदेखि भाइचारासम्मको चिया हाम्रो संस्कृति नै बनिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)