प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण : रघुवीर महासेठ र डीपी अर्यालसँग करोडौँको सम्पत्ति
Ujyaaloonline.com · Wed May 22 00:06:11 UTC 2024

काठमाण्डाै – सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार मन्त्रिपरिषदमा रहेका सबै सदस्यमध्ये उपप्रधान एवम् भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खातामा एभरेस्ट बैंक सिंहदरबारमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा प्राप्त २५ लाख रुपैयाँ रहेको उल्लेख छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा स्वर्गीय श्रीमती सीता दाहालको नाममा पैतृक सम्पत्तिबाट प्राप्त १४ कठ्ठा र भरतपुरकै वडा नम्बर १२ मा अशंबाट प्राप्त एक कठ्ठा जमिन रहेको उल्लेख छ । यस्तै पैतृक स्रोतबाट प्राप्त पाँच तोला सुन रहेको विवरणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)