मिडिया हबलाई विश्वकप प्रसारण अधिकार
ekantipur.com · Sat Sep 17 00:44:26 GMT 2022
काठमाडौँ — विज्ञापन एजेन्सी मिडिया हबले नेपालका लागि विश्वकप फुटबलको सम्पूर्ण प्रसारण अधिकार पाएको छ । कतारमा नोभेम्बर २० देखि १८ सम्म विश्वकप फुटबल आयोजना हुँदै छ । कतारले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो भने एसियाली भूमिमा दोस्रो पटक यो प्रतियोगिता हुँदै छ ।
मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले भू–सतही, स्याटलाइट, डीटीएच, केवल ब्रोडब्यान्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार भायाकम १८ मिडिया प्रालिबाट प्राप्त गरेको बताए । त्यसअनुरुप नेपालमा विश्वकप फुटबल २०२२ को लोगो, मस्कट, प्रसारण प्रायोजन र प्रतिलिपिको सम्पूर्ण अधिकार मिडिया हबमा मात्र सीमित रहने धितालले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)