सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले दिए राजीनामा
rajdhanidaily.com · Fri Aug 22 23:19:48 GMT 2025

सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । उनले राजिनामापत्र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी, संगठन र कार्यकर्ताको हितलाई निरन्तर प्राथमिकता दिँदै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
२०५६ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरमा कांग्रेसमा प्रवेश गरेका सिंहले लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । पछिल्लो दुई कार्यकालमा उपसाभापतिको भूमिका निर्वाह गरेका सिंहले २०७८ साल फागुन २९ गतेदेखि सभापति भएर काम गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)