चीनलाई हराउँदै ४४ वर्षपछि एसियाली खेलकुदमा भारतलाई स्वर्ण
nagariknews.nagariknetwork.com · Fri Oct 02 14:18:51 GMT 2026
भारतीय महिला हक्की टोलीले डिफेन्डिङ च्याम्पियन चीनलाई १-० ले पराजित गर्दै ४४ वर्षपछि एसियाली खेलकुदमा स्वर्ण पदक जितेको छ। यो जितसँगै भारतले २०२८ लस एन्जलस ओलम्पिकमा सिधै स्थान पनि सुरक्षित गरेको छ।
खेलको १०औँ मिनेटमा लालरेमसियामीले उत्कृष्ट टोमाहकमार्फत भारतका लागि निर्णायक गोल गरिन्। त्यसपछि भारतीय टोलीले चिनियाँ टोलीका लगातार आक्रमणलाई विफल पार्दै रक्षामा उत्कृष्ट प्रदर्शन गर्यो। अनुभवी गोलकिपर सविता पुनियाले पेनाल्टी स्ट्रोकसमेत बचाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)