मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजबुल्लाहका प्रमुखले भने, 'गाजामा आक्रमण बन्द नभएसम्म रोकिदैनौँ'

ratopati.com · Thu Sep 19 17:43:00 UTC 2024

बेरुत । हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गरेका छन् ।

इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ । लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)