मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

lokaantar.com

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो।

अधिवेशन अवधिमा ४० वटा बैठकमा शून्य समय सञ्चालन भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “उक्त समयमा ४५ जना सदस्यले पाँच घण्टा ५६ मिनेट र १७ वटा बैठकमा विशेष समय सञ्चालन हुँदा ४७ सदस्यले २१ घण्टा १० मिनेट समय उपयोग गरेका थिए।”

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)