शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट काफ्ले र ढकाल पुरस्कृत
ratopati.com · Thu Sep 19 18:17:00 UTC 2024

इलाम । सहिद स्मृति प्रतिष्ठानले स्थापना गरेको ‘शशिकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका छन् ।
संविधान दिवसका अवसरमा बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकारद्वय काफ्ले र ढकाल जनही नगद सात–सात हजार र सम्मान पत्रसहित पुरस्कृत भएका हुन् । पुरस्कृत पत्रकारद्वय काफ्ले र ढकाललाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वप्रदेशसभा सदस्य धिरेन्द्र शर्माले सम्मानपत्र र चेक हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)