मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केही ठाउँमा ठूलो वर्षा : हेटौँडा–काठमाण्डौ जोड्ने दुई सडक अवरुद्ध

Ujyaaloonline.com · Sat Aug 23 00:08:41 GMT 2025

काठमाण्डौ – गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका खोलानालामा बाढी आएको छ । केही ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ भर्लेडाँडामा हिजो दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)