रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
setopati.com · Sat Dec 27 23:36:34 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ।
शनिबार साँझ देखि बसेको दुई पक्षबीचको म्याराथन बैठकपछि राती ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् । सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्ल्ख छैन। तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्थ थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ। विस्तृतमा आउँदै
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)