मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

प्रि–मनसुनसँगै चट्याङकाे डर : गड्याङगुडुङको आवाज सुनेपछि सुरक्षित बस्न विज्ञको सुझाव

Ujyaaloonline.com · Sat Mar 04 01:25:46 GMT 2023

काठमाण्डाै - प्रि–मनसुनसँगै चट्याङको डर बढेको छ । पछिल्लो २४ घण्टामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोजपुरको षडानन्द नगरपालिका–१२ पिप्लेमा चट्याङबाट एक जनाको ज्यान गएको हो । अर्का एक पुरुष घाइते भएका छन् ।

यस्तै, सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सिरुवारीमा घरमै बसेका बेला चट्याङ लागेर एक महिला घाइते भएकी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–४ गैरीटोलमा २ जना महिला र एक पुरुष घाइते भएका विपद् प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)