सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘अल्फा प्लस सूर्यज्योति फण्ड’
annapurnapost.com · Fri Oct 02 15:25:42 GMT 2026

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अल्फा प्लस भेन्चर्स लिमिटेडसँगको सहकार्यमा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ।
कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष दर्ता तथा निष्काशनको प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ। कोषको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी कोष व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ। यो कोष अल्फा प्लस भेन्चर्स लिमिटेडले कोष व्यवस्थापकको रूपमा सञ्चालनमा ल्याएको तेस्रो कोष रहेको छ। सोभन्दा अगाडि ५ अर्ब बराबरका दुईवटा कोष सञ्चालनमा ल्याई हाल व्यवस्थापन गर्दै आएको छ। नेपाली बीमा जगतमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५० करोड रुपैयाँ आकारको उक्त कोषमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसरहरू सिर्जना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)