सातापिच्छे संक्रमण ५० प्रतिशतले घट्दो
ekantipur.com · Sun Mar 06 01:08:04 GMT 2022
काठमाडौँ — मुलुकमा कोरोनाको संक्रमण पछिल्लो साताको दाँजोमा ५० प्रतिशतले घट्दो अवस्थामा छ । शनिबार पीसीआर र एन्टिजेन गरी ६ हजार २ सय २० नमुनाको परीक्षण गर्दा १.४६ प्रतिशत अर्थात् ९१ जनामा संक्रमण देखिएको छ ।
२ हजार ६ सय ६२ नमुनाको पीसीआर परीक्षणमा २.५१ प्रतिशत अर्थात् ६७ जनामा कोरोना पोजिटिभ पाइएको छ । यस्तै ३ हजार ५ सय ५८ नमुनाको एन्टिजेन परीक्षणमा ०.६७ प्रतिशत अर्थात् २४ जनामा कोभिड देखिएको हो । बितेका साताका तुलनामा परीक्षणका लागि आएका नमुनासँगै पोजिटिभ पुष्टिको दर निरन्तर घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)