मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
ratopati.com · Sun Jun 07 21:37:53 GMT 2026

काठमाडौँ । इजरायल, इरान र अमेरिकाबिच गत अप्रिलमा भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइलको वर्षा गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले यो आक्रमण ‘एक हप्तासम्म चल्ने निरन्तर प्रहार’ को सुरुवात भएको घोषणा गरेको छ ।
इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी क्षेत्रमा आकाशमै नष्ट (इन्टरसेप्ट) गरिएको छ र हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहका ठेगानाहरूमा आक्रमण गरेपछि इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)