विद्यालयमा बसिरहेका पहिरोपीडित भन्छन् : स्कुल खुले हामी कहाँ गएर बसम् ?
thahakhabar.com
पर्वत : जलजला गाउँपालिका–७ धाईरिङको किराखोरका हिरे नेपाली छ दिनदेखि बस्तीनजिकै अमर प्राथमिक विद्यालयको कोठामा बास बसिरहेका छन्। गत जेठ २ गते भएको भीषण वर्षाले उनको घर भोलिपल्ट बिहानै भत्कियो। १२ जना सदस्य रहेको उनको परिवार भाग्यले बाँच्न पायो।
राति करिब २ बजेको समयमा पिसाब फेर्न बाहिर निस्किएका बेलामा उनले घरको पिँढी चर्किएको देखे। परिवारका सबैलाई उठाएर अर्को घरमा सारे अनि बस्तीका अरूलाई पनि बस्तीमा पहिरो जान लागेको भनी जानकारी गराए। सबैलाई सुरक्षित स्थानमा जान सूचना दिए। बस्तीका ३१ परिवारले राति नै बस्ती छाडेर विद्यालयमा रात काटे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)