दुर्घटनामा परिन् नुसरत : मेरुदण्डमा गम्भीर चोट, शल्यक्रिया गरिँदै
nagariknews.nagariknetwork.com · Fri Oct 02 09:40:10 GMT 2026

बलिउड अभिनेत्री नुसरत भरूचा बालीमा एक दुर्घटनामा परेकी छन्। दुर्घटनालगत्तै उनलाई बालीकै एक अस्पतालमा भर्ना गरिएको छ।
उनको टोलीका अनुसार नुसरतको मेरुदण्डमा फ्र्याक्चर भएको छ। उनी हाल चिकित्सकको कडा निगरानीमा छिन्। उनलाई थप उपचार तथा शल्यक्रियाका लागि एयर एम्बुलेन्समार्फत बालीबाट मुम्बई ल्याउने तयारी भइरहेको छ। मुम्बई पुर्याएलगत्तै उनको शल्यक्रिया गरिने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)