गाउँमै सुरक्षा भत्ता पाएपछि वृद्धवृद्धा खुसी
nayapatrikadaily.com · Fri Oct 20 00:18:00 GMT 2023
इलाम माङ्सेबुङ– ५ की डम्बरकुमारी लिम्बू (७५)को अनुहारमा बिहीबार खुसीको मुस्कान देखिन्थ्यो । किनकि गाउँमै वृद्धभत्ता पाएपछि सहर जानुपर्ने बाध्यता हटेको थियो । बैंक गाउँमै आएर दसैँको मुखमा उनको हातमा १२ हजार थमाएपछि उनी प्रफुल्ल देखिन्थिन् । भत्ताको रकमले उनी यसपटकको दसैँ उत्साहपूर्वक मनाउँदै छिन् ।
‘वृद्धभत्ता लिन दमक पुग्नुपथ्र्यो । दमक पुगेर आउँदा एक हजार भाडा र यताउता गर्दा झन्डै दुई हजार सकिन्थ्यो,’ लिम्बूले भनिन्, ‘तर, यसपटक त वडा कार्यालयमै पैसा पाएँ । दसैँमा पैसा निकाल्न जान भ्याउँदिनँ कि भन्ने थियो । तर, हातमै पैसा आयो, खुसी त कति कति !’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)