मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैँमा देशभर झरी पर्ने प्रक्षेपण

nayapatrikadaily.com · Sat Oct 01 00:35:00 GMT 2022

मौसम पूर्वानुमान महाशाखाले विजया दशमीमा झरी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।

‘न्यूनचापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेको छ, नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’ महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै २१ असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)