मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

nepalnews.com · Fri Oct 02 16:39:54 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक गरी छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने उद्देश्यसहित दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस)ले आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन् । विधेयक पारित भएपछि हालको नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने बाटो खुल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)