विमान चार्टड गरेर ७०० बंगलादेशी नेपालमा
annapurnapost.com · Sat Aug 19 01:09:19 GMT 2023
काठमाडौं : पर्यटकीय र धार्मिक क्षेत्रहरूमा विशेष पहिचान बनाएको नेपाल विदेशी पर्यटकको घुम्ने सूचीमा अग्रस्थानमा पर्छ। धेरैले नेपाल रोज्छन्। विज्ञ भन्छन्, ‘नेपालले पर्यटनलाई प्राथमिकतामा राखेरमात्रै पनि काम गरे आर्थिक रूपमा सम्पन्न मुलुक बन्न सक्छ ।’ यही भनाइलाई पुष्टि गर्दै इतिहासमै पहिलो पटक सबैभन्दा बढी बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन्। त्यो पनि विमान चार्टर्ड नै गरेर। शुक्रबार ३ सय बंगलादेशी नेपाल आए भने शनिबार पनि थप करिब ४ सय गरी ७ सय बंगलादेशी नेपाल आउनेछन्।
शुक्रबार बिहान आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्लिंदा नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूले भव्य स्वागत गरे। कोभिड पछाडि नेपालको पर्यटन लयमा फर्किरहेको व्यवसायीहरू बताउँछन्। दक्षिण एसियामा बंगलादेशको अर्थतन्त्र सबैभन्दा छिटो बढी रहेको हुँदा घुम्न जाने नजिक गन्तव्यको रूपमा नेपाल पर्न सक्ने बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)