टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
ratopati.com · Fri Oct 02 17:09:52 GMT 2026

काठमाडौँ । टर्कीएमा भएका दुई छुट्टाछुट्टै खानी दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका साथै दुई जनालाई जीवितै उद्धार गरी अस्पताल पुर्याएको थियो । शुक्रबार बिहान खानीभित्र फसेका थप तीन जनाको शव फेला परेपछि मृतकको सङ्ख्या पाँच पुगेको हो ।
दुर्घटनापछि खानी सञ्चालन गर्ने कम्पनीका व्यवस्थापकसहित नौ जना अधिकारीलाई सम्भावित लापरबाहीको आरोपमा नियन्त्रणमा लिइएको छ । सोमा सन् २०१४ मा भएको विनाशकारी खानी दुर्घटनाका कारण पनि चर्चित छ, जहाँ ३०१ जनाको ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)