इगा स्विटेकलाई दोस्रोपटक फ्रेन्च ओपनको उपाधि
farakdhar.com · Sun Jun 05 00:58:25 GMT 2022
फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधि विश्व नम्बर एक इगा स्विटेकले जितेकी छन् । इगाले पेरिसमा शनिबारको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् ।
पोलिस खेलाडी इगाले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले पराजित गरिन् । यो उनको दोस्रो फ्रेन्च ओपन तथा ग्राण्डस्लाम उपाधि हो । यसअघि इगाले सन् २०२० मा यो उपाधि हात परेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)