नाम मात्रको हाइस्पिड इन्टरनेट
ekantipur.com · Wed Jan 05 00:52:24 GMT 2022
काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् ।
‘१५० एमबीपीएसको इन्टरनेट ५० एमबीपीएसको भन्दा फरक छैन,’ सफ्टवेयर कम्पनी क्रिएटु डेभलपर्समा कार्यरत उनले भने, ‘ससानो फाइल डाउनलोड गर्न पनि धेरैबेर कुर्नुपर्छ, गेमिङ पिङ बढेर झ्याउ हुन्छ । यस्तो बेला कहिले राउटर रि–स्टार्ट गर्छु, कहिले वर्ल्डलिंकलाई कम्प्लेन गर्ने गरेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)