आफ्नै कर्मचारीले हैरान पारे जिसस प्रमुखलाई
thahakhabar.com
कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी हुन् खेमप्रसाद चौधरी। उनी २०७८ पुस ९ गतेदेखि यहाँ कार्यरत छन्। त्यही कार्यालयका प्रमुख छन् फैरु तामाङ।
तर, उनीहरूबीच अहिलेसम्म भेटघाट भएको छैन। ‘चौधरी मुख्यमन्त्रीको कार्यालयबाट रमाना लिएर यहाँ पुस ९ गते आएका हुन्,’ मंगलबार पत्रकार सम्मेलनमा समन्वय प्रमुख तामाङले भने, ‘कतिबेला आउँछन्, कतिबेला जान्छन्, कुनै पदाधिकारीलाई जानकारी छैन, पदाधिकारी र कार्यालयका कर्मचारीसँग समन्वय तथा भेटघाट पनि हुँदैन। दैनिक कार्यालयमा नआइ एकमुष्ठ हाजिर लगाउँछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)